दफा १२९
चाल चलन बारे जाँचबुझ हुँदासम्म युद्धबन्दीको तलब भत्ता
यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्ति युद्धबन्दी हुँदा वा शत्रुको कब्जामा भएको बखत यो ऐन वा अरू ऐन अन्तर्गत चाल चलन बारे जाँचबुझ गर्नु पर्दा प्रधान सेनापति वा निजबाट अधिकार प्राप्त कुनै अधिकृतले त्यस्तो जाँचबुझको परिणाम थाहा नहुँदासम्म निजको पूरै
वा आंशिक तलब भत्ता रोक्ने आदेश दिन सक्नेछ ।